म,
गर्भवती मान्छे,
मलाई,
रानिपोखरी
जन्माउने रहर छ,
धरहरा
जन्माउने रहर छ,
यौटा सुनौलो
बिहानी जन्माउने रहर छ।
त्रासदी छ,
कतै,
मेरो सुशुप्त
गर्भ,
त्यसै
तुहिदिन्छ कि,
षड्यन्त्र
व्याप्त छ,
मेरो आवहवा,
प्रदुषित छ
प्रत्येक स्वाशप्रश्वास।
तर विश्वास छ
मलाई,
मेरो रहर
भित्र बाँच्ने,
मेरो
रानीपोखरी र धरहरा जन्मनेछन,
मैले जन्माएको
रानीपोखरी,
फलामे बारले
छेकिएको हुनेछैन,
कुन्णित
पारिएको हुनेछैन,
र,
बाँच्नको
लागि,
एक टुक्रा
जमिन र एक चोक्टा अकाश नपाएर,
हतोत्साहित
हुनेहरुको शरण लिने ठाउँ हुनेछैन।
मैले जन्माएको
धरहरा,
एक्लो
हुनेछैन,
एक्लै उभिँदा
- उभिँदा,
थकित - चकित,
उदाश - निराश,
भएर,
अब ढल्ने
पिरले,
सुन्धराको
रुपमा,
विरहको अविरल
आँशु,
बहाउँदै उभिन
वीवश हुनेछैन।
मैले मेरो
गर्भबाट,
स्वतन्त्र र
स्वच्छ रानीपोखरी,
र हँसिलो
धरहरा जन्माउनु छ,
सन्ठि र
परालले ठडिएका,
गाउँ -
बस्तिका अँध्यारा झुप्राहरुमा।
एउटा उज्यालो
दिप जन्माउनु छ,
सारङ्गीजस्तो
खोक्रो पेट लिएर-
ती उकाली
ओराली र भन्ज्याङ्ग चौतारीमा,
जिन्दगी
खियाउनेहरुको लागि,
पेट भर्ने
आहरा जन्माउनु छ।
बाँच्नेहरुका
लागि,
आफ्नो अमुल्य
जीवन बलिदान गर्ने,
सहिदको
सपनालाई,
विपना पारेर
जन्माउनु छ,
उनिहरुको
इच्छा - आकाँझालाई जन्माउनु छ,
वास्तबमा,
रात्रीको कालो
करतुतको पर्दाफास गर्ने,
सुनौलो बिहानी
जन्माउनु छ।
No comments:
Post a Comment